फेरि बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो आज ?


 


काठमाडौं, जेठ २३
नेपाली बजारमा फेरि सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एक सय बढ्दै प्रतितोला ५८ हजार एक सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ६५ रुपैयाँ पुगेको छ । चाँदी हिजो सात सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्