माथिल्लो तामाकोशीमा भ्रष्टाचारको आशंका, अख्तियारमा उजुरी


 


दोलखा, जेठ २३
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भ्रष्टाचार भएको आंशका गरिएको छ । स्थानीयबासीले आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ऊजुरीसमेत दर्ता गराएका छन्।

राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको ९२ प्रतिशत काम सम्पन्न भइसकेको छ । तर आयोजनाको अन्तिम चरणमा भ्रष्टाचार भएको देखिएपछि जिल्लाबासीले आवश्यक छानविन र कारवाहीका लागि आयोगमा उजुरी दर्ता गराएका हुन्।

दोलखावासीले जिल्लाबासीलाई निश्चित गरेको १० प्रतिशत शेयर न्यायोचित वितरण, लागत बढेको विषय, समय अवधि बढेको र भ्रष्टाचार लगायतका विषयमा पटक पटक ध्यानाकर्षण गराउँदै आइरहेका छन्।

प्रकाशित मिति: २३ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्