उदयपुरमा १० जुवाडे पक्राउ


 


उदयपुर, जेठ २३

उदयपुरको त्रियुगा नगरपालिका –३ मोतीगढा चौकस्थित एक घरबाट प्रहरीले मंगलबार साँझ १० जना जुवाडेलाई पक्राउ गरेको छ ।
विशेष सुचनाका आधारमा स्थानीय अमृत खत्रीको घरमा तास खेल्दै गरेका १० जनालाई पक्राउ गरिएको हो ।

प्रहरीले जुवाको खालबाट तास र नगद ३० हजार ९ सय ६५ रुपैया समेत बरामद गरेको छ । यसैगरी प्रहरीले सार्वजनिक स्थानमा हो–हल्ला गर्ने तीन युवकलाई समेत नियन्त्रणमा लिएको छ ।

त्रियुगा नगरपालिका ३ स्थित पुल हाउसमा लागुऔषध सेवन गरी हो–हल्ला गरेको भन्ने सुचनाका आधारमा सोही ठाउँका युक्सन ठकुरी, अनिल ठकुरी र सागर कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धानका लागी राखिएको छ ।

 

प्रकाशित मिति: २३ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्