मोदी भ्रमणमा भ्रष्टाचारको आशंका, प्रदेशसभामा उठ्यो आवाज


 


धनुषा, जेठ २३
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा भ्रष्टाचार भएको आशंका गरिएको छ ।  प्रदेश २ को प्रदेशसभामा सांसदहरुले भ्रमणका क्रममा भारत सरकारका तर्फबाट भएको खर्च विवरण सार्वजनिक गर्न माग गरेका छन् ।

मोदी भ्रमणमा कुनै भ्रष्टाचार नभएको मन्त्रीको अभिव्यक्तिपछि मंगलबारको प्रदेशसभा बैठकमा विपक्षी सांसदहरूले यस्तो माग गरेका हुन् । नेकपाका सांसद सुन्दर विश्वकर्माले भ्रमण खर्च सार्वजनिक नभए सदन अवरुद्ध गर्ने चेतावनी दिए ।

नेकपाकै अर्का सांसद रामकुमार यादवले प्रदेश सरकारका मन्त्रीहरू भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । उनले मोदी भ्रमणको एक महिना बित्नै लाग्दा पनि खर्च सार्वजनिक नहुनुको कारण मागे ।

नेकपाका अर्का सांसद लगनलाल चौधरीले मन्त्रीले संसद्मा भ्रष्टाचार नगरेको स्पष्टीकरण दिनुभन्दा पनि खर्च सार्वजनिक गर्नुपर्ने बताए ।

प्रकाशित मिति: २३ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्