ताप्लेजुङमा स्काभेटर पुरिँदा चालकको मृत्यु


 


ताप्लेजुङ, जेठ २२

ताप्लेजुङको फक्तान्लुङ गाउँपालिका–२ खेजेनिनमा सडक खन्ने क्रममा माथिबाट पहिरो झरेर स्काभेटरसहित चालक र सहचालक पुरिँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।

आज साँझ झरेको पहिरोले बा २ ग ५२६३ नंको स्काभेटर पुर्दा चालक पाँचथरको हिलिहाङ गाउँपालिका–२ का चालक कृष्णप्रसाद कुटुवालको मृत्यु भएको स्थानीयवासी राजेन्द्र लिम्बूले जानकारी दिनुभयो । उक्त घटनामा सहचालक विष्णुकुमार श्रेष्ठ घाइते हुनुभएको छ ।

उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: २२ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्