फेरिएन सरकारको प्रवृत्ति, तमोर चिनियालाई दिन कसरत


 


काठमाडौं, जेठ २२
सरकारहरू फेरिए पनि खोलानाला विदेशीलाई जिम्मा दिने पुरानो प्रवृत्ति भने अझै फेरिएको छैन। विगत सरकारका प्रधानमन्त्री तथा ऊर्जा मन्त्रीले झैँ वर्तमान सरकारले पनि एउटा आकर्षक आयोजना विदेशी कम्पनीलाई दिलाउन कसरत गरिरहेको पाइएको छ।

हालसम्म पहिचान भएकामध्ये सबैभन्दा सस्तो र आकर्षक जलाशययुक्त तमोर जलविद्युत् आयोजना (७६२ मेगावाट) सरकारले विद्युत् प्राधिकरणको हातबाट झिकेर एक चिनियाँ कम्पनीलाई दिने तयारी थालेको हो। अन्नपूर्णमा खबर छ ।

यो आयोजना अति सस्तो भएकाले आयोजनास्थल प्रदेश नं. १ का स्थानीय दलका नेता, सांसद तथा स्थानीय बासिन्दाले छिटो काम थाल्न दबाब दिँदै आएका छन्।

प्रधानमन्त्री अध्यक्ष रहेको लगानी बोर्डको अगुवाइमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विद्युत् प्राधिकरणलाई पत्र लेखी ‘तमोर जलाशययुक्त आयोजना विकासका लागि लगानी बोर्ड कार्यालयबाट माग गरिएबमोजिमको धारणा यस कार्यालयलाई उपलब्ध गराउन’ निर्देशन दिएको छ।

प्रधानमन्त्री कार्यालयकी शाखा अधिकृत जानकी कार्की मौनीद्वारा हस्ताक्षरित यही जेठ ३ गते प्राधिकरणलाई प्रेषित पत्रउपर प्राधिकरणले कारबाही आरम्भ गरिसकेको छ।

लगानी बोर्डले गत वैशाख २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्पmत प्राधिकरणलाई तमोर जलाशययुक्त आयोजना चिनियाँ कम्पनीलाई हस्तान्तरण गर्ने सम्बन्धमा प्राधिकरणको धारणा माग गरेको थियो।

प्रकाशित मिति: २२ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्