नेकपाले अझै कानूनी मान्यता पाएन, कहाँ देखियो समस्या ?


 


काठमाडौँ, जेठ २२
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेकपाले अझै कानूुनी मान्यता पाउन नसकेको छैन ।

राजनीतिक रूपमा एउटै दलकै रूपमा नेकपाका नाममा काम गर्न थाले पनि निर्वाचन आयोगले एकीकरणपछिको दल दर्ता प्रमाणपत्र पाइसकेको छैन । आयोगबाट दल दर्ता भएको प्रमाणपत्र नलिँदासम्म कानूनी रुपमा दल दर्ता भएको मानिदैन ।

दुई दलले एकीकरणकै दिन जेठ ३ गते दल दर्ता प्रक्रियाका लागि आयोगमा निवेदन दिएपनि ४५ दिनभित्र दर्ता प्रक्रिया पूरा गर्न सकिने प्रावधान छ ।

सचिवालयले पेस गरिएका कागजात अध्ययनपछि आयोगले दल दर्ताको निर्णय तत्कालै गर्न वा केही विषयमा थप कागजात माग्न निर्देशन दिन सक्नेछ।

यसअघि दर्ता रहेको दलसँग नाम जुधेपछि सुरुमा नेपाल कम्युनिस्ट पार्टीमा ‘अन्डरलाइन’ थपेर निवेदन दिइएको थियो।

पछि उक्त नामसमेत विवादित हुने देखेपछि ‘अन्डरलाइन’ हटाएर कोष्ठकभित्र (नेकपा) थपेर नाम माग गर्दै दल दर्ताको निवेदन दुवै दलका तर्फबाट दिइएको छ।

प्रकाशित मिति: २२ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्