प्रलोभनमा पारी युवतीलाई भारततर्फ लैजाने तीन जना पक्राउ


 


कञ्चनपुर, जेठ २१

कञ्चनपुरको महाकाली नगरपालिकाकी एक जना युवतीलाई प्रलोभनमा पारी भारततर्फ लैजाने एक भारतीयसहित तीन जनालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ ।

युवतीलाई विभिन्न लालच तथा प्रभोलनमा पारी भारतको खटिमातर्फ लैजाने क्रममा भारतको उधमसिंहनगर खटिमा–६ बस्ने ४७ वर्षीय महेन्द्र पाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो । “भारतीयलाई सघाउने महाकाली नगरपालिकाका दुई जनालाई समेत पक्राउ गरेका छौँ” उहाँले भन्नुभयो ।

पक्राउ परेकालाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको उहाँको भनाइ रहेको छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्