भोजपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु


 


भोजपुर, जेठ २०
भोजपुरको साल्पासिलिछो गाउँपालिका –३ गोथे वजारमा श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गएको छ ।

स्थानीय ४५ वर्षीय हर्क वहादुर राईको कुटाईबाट उनकै श्रीमती ४० वर्षिया मेनुका राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरायसी विवाद हुँदा शनिवार राति हर्क वहादुरले पेटमा लात्ती प्रहार गरेको र सोही कारणले मेनुकाको पिसाव रोकिएर आइतवार विहान मृत्यु भएको प्रहरीको भनाई छ ।

हर्क वहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ, भने मृतकको सवलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टमको लागि संखुवासभा पठाएको जिल्ला प्रहरी कार्यालय भोजपुुरले जनाएको छ ।

प्रकाशित मिति: २० जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्