अभियुक्त छिरिङले भने “म गोरेलाई चिन्दिन”


 


मोरङ, २० जेठ ।

साढे ३३ किलो सुन तस्करीका अभियुक्त छिरिङ वाङ्गेल घलेले आफुमाथी लागेको सबै अभियोग अस्वीकार गरेका छन् । आज जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका उनले आजै भएको बयानमा इन्कारी बयान दिएका हुन् । भुजुङ गुरुङ नाताले भिजानु पर्ने भएपनि सुन तस्करीमा आफ्नो संलग्नता नभएको उनले बयानको क्रममा बताएका छन् ।

करीब ३८ क्विन्टल सुन तस्करीको र सनम साक्य हत्याका मुख्य अभियुक्त भनिएको चुडामणी उप्रेती गोरे बयानको क्रममा छिरिङको नाम लिएका थिए । गोरेले सुन तस्करीको नेपालमा सेटिङ मिलाउने मुख्य व्यक्ति छिरिङ भएको र उनीको मातहतमा बसेर आफूले भरियाको नेतृत्व गरेको बयान दिएका थिए । तर छिरिङले गोरेसँग आफ्नो चिनजान नै नभएको दाबी गरेका छन् ।

उनले साढे ३३ किलो सुन हराएपछि भने गोरे र उनका केटाहरुलाई दुई पटक बोलाएर सोधपुछ गरेको स्वीकार गरेका छन् । तिलगंगा नजिकै एक होटलमा भएको सोधपुछका क्रममा गोरेकै दबावमा आफूले भुजुङलाई फोन गरेको उनको बयान छ ।

भुजुङसँग हाइड्रोको शेयरमा भने आफूले कारोबार गरेको छिरिङको बयानमा उल्लेख छ । गोरे समूहका मानिसहरुले भन्ने गरेको डा। डेविट आफू नभएको पनि उनले दाबी गरेका छन् ।

प्रकाशित मिति: २० जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्