राष्ट्रकवि घिमिरे फेरि अस्पताल भर्ना, आइसीयूमा राखेर उपचार हुँदै


 


काठमाडौं, जेठ २० जेठ
राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना भएका छन्। भारतमा उपचार गरेर फर्किएको भोलिपल्टै घिमिरेलाई ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

उनलाई बाइल्याट्रल निमोनिया देखिएको अस्पतालले जनाएको छ । मुटु, मिर्गौला र फोक्समा समस्याका साथै आन्तरिक रक्तश्राव भएपछि घिमिरेलाई उपचारका लागि भारत लगिएको थियो ।

त्यहाँस्थित मेदान्त अस्पतालमा उपचार गरेर राष्ट्रकवि घिमिरे शनिबार दिउँसो स्वदेश फर्किएका थिए । स्वास्थ्यमा समस्या आएपछि घिमिरे यसअघि जेठ पहिलो साता अस्पताल भर्ना भएका थिए ।

प्रकाशित मिति: २० जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्