पूर्वगृहमन्त्री शाहीको निधन


 


काठमाडौं, जेठ २०
पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ ।

तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका गृहमन्त्री बनेका शाहीको ७६ वर्षको उमेरमा आज विहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

उनका दुवै मृर्गौला फेल भएका थिए । साथै उनी श्वासप्रश्वास, मुटु रोगबाट पनि ग्रसित थिए । लामो समय निजामति सेवामा विताएका शाहीले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी, अञ्चलाधीश भएर काम गरेका थिए।

उनको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने जनाइएको छ।

 

प्रकाशित मिति: २० जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्