भोजपुरका उच्चमाविलाई पुरक नतिजाले राहत


 


भोजपुर, असोज १
प्रवेशिका परिक्षा को पुरक नतिजाले यहाँका उच्च माविले राहत महशुस गरेका छन् । यस अघि विद्यार्थी अभावले बन्द अवस्थामा पुग्न लागेका उच्च माविले पुरक नतिजामा धेरै विद्यार्थी उर्तिण भएपछि विद्यार्थी भर्ना हुने आश गरेका छन् ।

विद्यार्थी अभावले यहाँका धेरै उच्च माविमा विद्यार्थी भर्ना भएका थिएनन् भने भर्ना भएका विद्यालयमा पनि एक दुई जना विद्यार्थी मात्र थिए । पुरक नतिजामा भोजपुरबाट सात सय आठ जना विद्यार्थी उर्तिण भएका छन् ।

परीक्षामा एक हजार एक सय ३९ विद्यार्थी सहभागी थिए । नियमिततर्फका छ सय ५६ जनाले परीक्षामा भाग लिएकोमा चार सय २५ जना यर्तिण भएका छन् भने आंशिकतर्फ चार सय ८३ जनामा दुई सय ८३ जना विद्यार्थी उर्तिण भएको जिल्ला शिक्षा कार्यालय भोजपुरले जनाएको छ । यो उर्तिण संख्या ६२. १६ प्रतिशत हो ।

गत असारमा प्रकाशित एसएलसीको नतिजामा भने भोजपुरमा जसमा चार सय ९५ जना विद्यार्थी उत्र्तिण भएका थिए । जतिबेला दुई हजार सात सय ५२ विद्यार्थी परीक्षामा सामेल थिए ।

त्यतिबेला १२ वटा सामुदायिक विद्यालयले नील खाएका थिए भने प्रत्येक विद्यालयबाट थोरै मात्रामा विद्यार्थी उर्तिण भएका थिए । विद्यार्थी कम उर्तिण हुँदा अधिकांश उच्च मावि विद्यार्थी विहिन बन्न पुगेका थिए ।

विहिबार प्रकाशित नतिजासँगै भने उच्च माविमा विद्यार्थी भर्ना बढ्नेमा विद्यालय आशावादी बनेका छन् । विद्यालयमा विद्यार्थी भर्ना नहुँदा पठनपाठन समेत भएको थिएन् ।

उत्र्तिण भएका विद्यार्थी विद्यालयमा नाम लेखाउन आउने आशमा बसेको सिंहेश्वरी उच्च ममावि लेखर्कका प्रधानाध्यापक राजधन राईले बताए । विद्यार्थी भर्ना नहुँदा कक्षा सञ्चालनको नियमित कार्यतालिका समेत प्रभावित बन्दै आएको थियो ।

साउन पहिलो साताबाट कक्षा सञ्चालनको तयारीमा रहेका उच्चमाविहरु विद्यार्थी नहुँदा बन्द अवस्थामा पुगेका थिए । जिल्लाका अधिकांश उच्चमाविको अवस्था प्रायः एकै थियो ।

विद्यार्थी भर्ना नहुँदा नीजि स्रोतबाट खुलेका गाउँका उच्च मावि बन्द हुने अवस्थामा पुगेका थिए । जिल्ला शिक्षा कार्यालय भोजपुरको तथ्यांकमा यहाँ २८ उच्च मावि सञ्चालनमा छन् ।

यी सञ्चालित विद्यालयमा १६ उच्चमाविले मात्र उच्च मावि शिक्षक अनुदान पाउँदै आएका छन् । अन्य विद्यालयले भने चन्दा उठाएर शिक्षकलाई तलब खुवाउँदै आएका छन् ।

उर्तिण भएका विद्यार्थी पनि गाउँमा स्थापना भएका उच्च माविमा भर्ना हुदैनन् । उच्च अंक प्राप्त विद्यार्थी बजार र सहरका उच्चमाविमा अध्ययन गर्न बाहिरिने गरेका छन् ।

सिमित श्रोत साधनबाट सञ्चालित उच्चमाविमा चाहे अनुसारका विषय नहुँदा विद्यार्थी जिल्ला बाहिरिन बाध्य छन् । भोजजपुरमा प्रत्येक वर्ष एसएलसी नतिजा ओरालो लागिरहेको छ ।

जसका कारण हचुवाका भरमा गाउँ—गाउँमा खुलेका उच्चमावि बन्द हुने अवस्थामा पुगेका छन् । एसएलसी परीक्षामा उतिर्ण संख्या घटेपछि उच्चमावि विद्यार्थी विहिन बन्दै आएका छन् । उच्च मावि विद्यार्थी विहिन भएपछि आर्थिक संकटमा पर्ने गरेका छन् ।

यो पनि पढ्नुहोस्

भोजपुरबाट पुरक परीक्षामा कति पास भए ? (सबै विवरण सहित)

प्रकाशित मिति: १ आश्विन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्