इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल, डिजेल र मट्टीतेल प्रतिलिटर कति पुग्यो ?


 


काठमाडौं, जेठ १९
पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । अन्तर्ष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएको भन्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले पेट्रोल, डिजेल, मट्टीतेल प्रतिलिटर तीन—तीन रूपैयाँ बढाएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत छ।

यससंगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय १३ रुपैयाँ, डिजेल र मट्टितेलको ९५ पुगेको छ । वृद्धि भएको मूल्य शनिबार राति १२ बजेबाट कार्यान्वयनमा आउने जनाइएको छ ।

यो पटक मूल्य बढाउँदा अझै पनि निगमलाई महिनामा १८ करोड ६२ लाख घाटा छ । पेट्रोलमा प्रतिलिटर १.५९ रूपैया र डिजेलमा ३.४९ रूपैयाँ घाटा छ ।  ग्यासमा प्रतिसिलिन्डर १३९ रुपैयाँ घाटा छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्