सरकारमा गएपछि उपेन्द्र यादवले के गरे पहिलो निर्णय ?


 


काठमाडौं, जेठ १९
शुक्रबार मात्रै उपप्रधानमन्त्रीमा नियुक्त भएका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गरे लगत्तै एउटा निर्णय गरेका छन् ।

मन्त्री यादवले स्वास्थ्य सचिव डा पुष्पा चौधरीले दिएको फाइल सदर गर्दै लोक सेवाबाट सिफारिस भएका ११ औं तहका ४ जना डाक्टरको नियुक्तीको फाइल मन्त्रीपरिषदमा पठाउने अनुमति दिएका छन् । मन्त्रीले सदर गरेको फाइलमा डा हरिहर वस्ती, निशाज्योती श्रेष्ठ, अनिता जिसी र रुपेश कुमार यादवको नाम छ।

शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएसँगै स्वास्थ्य मन्त्री यादवले मन्त्रालयमा पुगी पदभार ग्रहण गरेका थिए। उनले पदभार ग्रहण गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पक्षमा आफूले काम गर्ने बाचा गरेका छन्।

प्रकाशित मिति: १९ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्