दरबार हत्याकाण्ड भएको आज १७ वर्ष पुरा


 


काठमाण्डौ,जेठ १९

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १७ वर्ष पुरा भएको छ । १७ वर्ष अघि आजैका दिन स्वर्गीय राजा विरेन्द्र शाहको वंशनाश भएको थियो ।

२०५८ जेठ १९ शुक्रबारका दिन तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनेगरी राजपरिवारका १० जनाको हत्या भएको थियो । हत्यामा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो ।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरख शमशेर र केतकी चेस्टर घाइते भएका थिए । हत्याको अझै यथार्थ र सर्वसाधारणले चित्त बुझाउने खालको छानबिन भएको छैन । दरबार हत्याकाण्ड भएको १७ वर्ष बितेपनि घटना रहस्य नै छ ।

आजको दिनलाई नेपालको इतिहासको एक कहालीलाग्दो दिनका रुपमा समेत लिइन्छ । मजबुत सुरक्षा घेराभित्र अत्यन्त शक्तिशालि राजपरिवारको वंशनाश भएको घटनाका बारेमा अझै स्वतन्त्र रुपमा छानबिन हुन सकेको छैन ।

 

प्रकाशित मिति: १९ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्