मन्त्रिपरिषद विस्तार, उपेन्द्र यादव स्वास्थ्य मन्त्री


 


काठमाडौं, जेठ १८
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र सोही पार्टीका मोहम्मद इस्तियाक राइलाइ मन्त्रीपदमा नियुक्त गर्नुभएको छ ।

यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र राइ सहरी विकास मन्त्री हुनुभएको छ ।

सपथ अपरान्ह पाँच बजे राखिएको शितल निवास स्रोतले बताएको छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्