पाल्पामा बस दुर्घटनाः १२ जनाको मृत्यु, १५ घाइते


 


काठमाडौं, जेठ १८
पाल्पाको रम्भा गाउँपालिका–४, होमिनमा अाज विहान बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । तानसेनबाट रामपुर जाँदै गरेको लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

दुर्घटनामा ९ पुरुष र तीन महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज पन्तले जानकारी दिए । उनकाअनुसार मृतकको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा परी घाइते भएका १५ जनालार्इ उद्धार गरी अस्पताल लगिएको छ । २७ जना सवार रहेको बस सडकबाट दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्