सुनको मूल्य आज थप घट्यो


 


काठमाडौं, जेठ १८
नेपाली बजारमा आज सुनको मूल्य थप घटेको छ । आज सुन तोलामा थप दुई सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार चार सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घटिरहँदा चाँदीको मूल्य भने यथावत नै छ । आज पनि चाँदी सात सय ६५ रुपैयाँमा नै कारोबार भइरहेको छ । हिजो पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्