प्रदेश नं १ नेकपा संसदीय दलको नेतामा राई चयन


 


विराटनगर, जेठ १७
प्रदेश नं १ को नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा मुख्यमन्त्री एंव पार्टीका केन्द्रीय सदस्य शेरधन राई चयन भएका छन् । राई पूर्व नेकपा एमाले संसदीयको दलको नेता थिए ।

पार्टी एकतापछि आज पहिलो पटक बसेको संसदीय दलको बैठकले राईलाई सर्वसम्मतिले संसदीय दलको नेतामा चयन गरेको हो ।

त्यस्तै दलको उपनेतामा टंक आम्बुहाङ चयन भएका छन् । आम्बुहाङ पूर्व एकिकृत माओवादी संसदीय दलको नेता थिए ।

संसदीय दलको नेता र उपनेता चयनका लागि इन्द्र आंबोको प्रस्ताबमा सर्वसम्मत निर्णय भएको हो ।

प्रकाशित मिति: १७ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्