सुनको मूल्य घट्यो, कति छ आजको मूल्य ? हेर्नुहोस्


 


काठमाडौं, जेठ १७
बजारमा आज सुनको मूल्य घटेको छ । हिजो मात्रै तोलामा एक सय रूपैयाँले बढेको सुनको मूल्य आज दुई सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज यथावत छ । आज चाँदी सात सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्