प्रधानमन्त्री ओलीको चीन भ्रमणको टुंगो लाग्यो, मिति पनि तय


 


काठमाडौं, जेठ १७
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको टुंगो लागेको छ । सरकारले ओलीको चीन भ्रमणबारे आधिकारिक धारणा सार्वजनिक नगरेपनि असार पाँच गतेका लागि भ्रमण तय भएको जनाइएको छ ।

चीनका लागि नेपाली राजदुत लिलामणि पौडेलले ओलीको भ्रमण तालिका मिलाएर चीन गइसकेका छन् । पाँच दिनसम्म हुने चीन भ्रमणको तालिका दुबै देशका प्रतिनिधिहरुको सहमतिमा बुधबार मात्रै टुंग्याइएको हो ।

प्रधानमन्त्री ओलीले यसअघि ने चीन भ्रमणमा जाने तयारी गरेपनि चीन सरकारले समय नभएको जनाएपछि भ्रमण रोकिएको थियो ।

प्रकाशित मिति: १७ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्