फोरम सरकारमा जाने भएपछि मन्त्री बन्नेको भिड, को-को छन् आकांक्षी ?


 


काठमाडौं, जेठ १७
संघीय समाजबादी फोरम सरकारमा जाने भएपछि भागमा परेको मन्त्री बन्न आकांक्षी धेरै देखिएका छन् । मन्त्री बन्ने आकांक्षी धेरै देखिएपछि मन्त्री छान्ने जिम्मेवारी पार्टीबाट मन्त्री चयनको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ।

पार्टीको बैठकबाट पनि मन्त्री बन्नेको नाम टुंगो लाग्न नसकेपछि यादवलाई जिम्मेवारी दिइएको हो । फोरमले शहरी मन्त्रालयसहित थप एक मन्त्रालय र दुई राज्यमन्त्री पाएको छ ।

यादवले शहरी विकास मन्त्रालयको जिम्मवारी आफै सम्हाल्ने तयार िगरको बताइएको छ । अब एक मन्त्रीका लागि फोरम उपाध्यक्ष रेणु यादव, राजेन्द्र श्रेष्ठलगायत आकांक्षी रहेको बुझिएको छ । सकेसम्म आजै मन्त्रीको नाम टुंगो लगाउने तयारी गरिएको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्