प्रदेश १ को दोश्रो अधिबेशन आजबाट सुरु हुँदै


 


विराटनगर, जेठ १७

प्रदेश नंं १ को प्रदेश सभाको दोश्रो अधिवेशन आज बस्दैछ । नेपालको संबिधान धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख गोबिन्द बहादुर तुम्बाहाङले आज दिउँसो ३ बजेका लागि प्रदेश सभाको बर्षे अधिबेशन आब्हान गर्नुभएको हो ।

आजको बैठकमा सभामुख प्रदिप कुमार भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट आएका पत्र सदनलाई पढेर सुनाउनु हुनेछ । यो अधिबेशनको मुख्य काम भनेको आगामी आर्थिक बर्ष २०७५–०७६ को निति तथा कार्यक्रम ल्याउने हो । सरकारले असार १ गते बजेट ल्याउने तयारी गरिरहेको छ । बैठकमा बजेटमाथि छलफल हुनेछ ।

बजेट बाहेक प्रदेश सरकारलाई आबश्यक पर्ने बिधेयकहरु पनि ल्याउने तयारी गरिएको छ । यही अधिबेशनमा प्रदेशको स्थायी राजधानी र नाम तोक्ने संभावना पनि रहेको छ । प्रदेश सभाको पछिल्लो अधिबेशनले प्रदेश सभा नियमावली सहित १२ वटा बिधेयक पारित गरेको थियो । पहिलो अधिबेशन ९३ दिनसम्म चलेको थियो । माघ २२ गते शुरु भएको पछिल्लो अधिबेशनमा ३९ वटा बैठक बसेर बैशाख २६ गते स्थगन भएको थियो ।

प्रकाशित मिति: १७ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्