प्रदेश १ मा सबैभन्दा बढी बजेट मोरङमा


 


मोरङ,  जेठ १७

सरकारले छुट्याएको बजेटमा प्रदेश नं. १ का १४ वटा जिल्लामध्ये सबैभन्दा कम बजेट प्राप्त गर्ने जिल्ला तेह्रथुम परेकोे छ । सबैभन्दा बढी बजेट मोरङ जिल्लाका लागि छुट्याइएको छ ।

तेह्रथुमका लागि १ अर्ब २५ करोड ५८ लाख रुपैयाँ विनियोजन भएको छ । मंगलबार सार्वजनिक गरेको बजेटमा उल्लेख भए अनुसार प्रदेश नं. १ का जिल्लामध्ये ताप्लेजुङका लागि १ अर्ब ९६ करोड ५७ लाख, पाँचथरमा १ अर्ब ९० करोड २८ लाख, इलाममा २ अर्ब ४८ करोड ९३ लाख, झापामा ४ अर्ब ८० करोड २४ लाख र संखुवासभाका लागि २ अर्ब १७ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसैगरी धनकुटाका लागि १ अर्ब ६४ करोड ६३ लाख, भोजपुरमा १ अर्ब ९१ करोड ३३ लाख, सुनसरीमा ३ अर्ब ९५ करोड ९२ लाख र मोरङमा ५ अर्ब ३० करोड ८२ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेश नं १ कै सोलुखुम्बुमा १ अर्ब ६१ करोड ९८ लाख, खोटाङमा २ अर्ब २७ करोड २९ लाख, उदयपुरमा २ अर्ब ४३ करोड ३ लाख, ओखलढुंगामा १ अर्ब ७२ करोड २५ रुपैयाँ विनियोजन भएको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्