बजेटमाथि छलफल गर्न संसद बैठक बस्दै


 


काठमाडौं, जेठ १७

सरकारले मंगलबार प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । सरकारले ल्याएको बजेटबारे संसदमा छलफल गरेर पारित गर्ने संवैधानिक प्रचलन छ । यही परम्परा अनुसार आजबाट संसद बैठक शुरु हुने र यो क्रम केही दिन चल्ने संसद् सचिवालयले जनाएको छ ।

सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार १३ खर्ब १५ अर्बको बजेट संसदमा प्रस्तुत गर्नुभएको थियो । यसमाथि विभिन्न खाले टिका–टिप्पणी भइरहेका बेला प्रमुख प्रतीपक्ष दल कांग्रेसले असन्तुष्टि जनाएको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्