‘पानीजहाज यसै वर्षदेखि सञ्चालन’


 


काठमाडौं, जेठ १७
प्रधानमन्त्री केपी ओलीले नेपाली पानीजहाज यसै वर्षदेखि सञ्चालन हुने बताएका छन् । उनले यसै वर्ष वे बंगालबाट पानीजहाज सञ्चालन भए अनौठो मान्नु नपर्ने बताएका छन् ।

नेकपाको बुधबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले जलमार्ग र रेलमार्गलाई हल्का रुपमा नलिन आग्रह गरे । उनले यिनै कुराहरुको सम्बोधनका लागि सरकारले युगान्तकारी परिवर्तन गर्ने बजेट ल्याएको दाबी गरे ।

प्रधानमन्त्री ओलीले जलमार्गबाट भारतको कोलकाताको ओसारपसार गर्ने काम निकट भविष्यमै सुरु हुने पनि बताएका छन् । साथै उनले विकासमा पछि परेको समुदाय, क्षेत्रको युगान्तकारी परिवर्तन गर्ने विषय बजेटमा आएको दाबी गरेका छन् ।

प्रकाशित मिति: १७ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्