कांग्रेसले बजेटबारे अाधिकारिक धारणा सार्वजनिक गर्दै


 


काठमाडौं, जेठ १६
सरकारले मंगलबार आगामी आर्थिक वर्षको बजेट ल्याएपछि आज प्रमुख विपक्षी दल नेपाली कांग्रेस बजेटको समीक्षामा जुटेको छ ।

सरकारको बजेटका विषयमा समीक्षा गर्न कांग्रेस संसदीय दलको बैठक अहिले विहान ११ बजेपछिका लागि बोलाइएको छ ।

बैठकमा सरकारले सदनमा पेश गरेको १३ खर्ब १५ अर्बको बजेटमा छलफल गर्ने र त्यसबारे अधिकारिक धारणा सार्वजनिक गरिने जनाइएको छ । सरकारले ल्याएको बजेटको कांग्रेस नेताहरुले आलोचना गर्दै आएका छन् ।

प्रकाशित मिति: १६ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्