शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख पाईने


 


काठमाडौं, जेठ १५

सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आज बजेट प्रस्तुत गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज दरमा ७ लाख रुपैयाँसम्म ऋण दिने उल्लेख गर्नुभयो ।

सरकारले प्रधानमन्त्री रोजगारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि सरकारले ३ अर्व १० करोड रुपैया बजेट छुट्टाएको छ । सार्वजनिक रोजगारी प्रत्याभुतिको लागि छुट्टै विद्येयक संसदमा पेश गर्ने भएको छ ।

सरकारले रोजगार सुचना केन्द्र स्थापना, समान कामको लागि सामान ज्याला, आन्तरीक श्रम निरिक्षण गर्ने भएको छ । वैदेशिक रोजगारीबाट फर्केका कामदारको सीप परीक्षण गरि उद्यम गर्नको लागि १० लाखसम्म ऋण दिने योजना ल्याएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्