सरकारद्धारा १३ खर्ब १५ अर्बको बजेट प्रस्तुत


 


काठमाडौं,  जेठ १५

सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्नुभएको हो ।

सरकारले राजश्वबाट ८ खर्ब र वैदेशिक ऋणबाट २ खर्ब २ अर्ब उठाउने लक्ष्य लिएको छ । अर्थमन्त्रीले चालु आर्थिक वर्षको बजेटको आकारमा ३७ अर्ब रुपैयाँ बढाएर बजेट ल्याएका हुन् । चालु आर्थिक वर्षको बजेटको आकार १२ खर्ब ७८ अर्ब रुपैयाँको थियो । प्रत्येक वर्षको जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्