बजेट तथा कार्यक्रम आज, नेकपाको प्रतिबद्धता मुख्य आधार


 


काठमाडौँ, जेठ १५
संघीय सरकारले आज आगामी आर्थिक वर्ष २०७५÷०७६ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले राजस्व र व्ययको अनुमानसहित अपराह्न ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम छ । नेपाल कम्युनिष्ट पार्टीले गरेका प्रतिबद्धतालाई मुख्य आधार बनाइए सरकारले बजेट ल्याउँदैछ ।

त्यस्तै, चालु आर्थिक वर्षको तुलनामा ३० प्रतिशतले राजस्व बढी उठाउने लक्ष्यका साथ बजेट तयार पारिएको छ। यो अनुपातमा राजस्व वृद्धिदरको लक्ष्य निर्धारण भएमा आउँदो वर्ष ९ खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य हुनेछ।

वार्षिक अनुमान पेश गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन, त्यसको विवरण पनि साथै पेश गर्नुपर्नेछ ।

बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विद्येयक–२०७५, आर्थिक कार्यविधिसम्बन्धी विद्येयक– २०७५ र राष्ट्र ऋण उठाउने विद्येयक– २०७५ पेश गर्ने छन् ।

 

प्रकाशित मिति: १५ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्