बालकृष्ण ढुंगेलले माफी पाए, अन्य ८१६ जना कैदी पनि रिहा


 


काठमाडौं, जेठ १५
द्वन्द्वकालमा व्यक्ति हत्या मुद्दामा जेल सजाय भोगिरहेका तत्कालिन माओबादी नेता बालकृष्ण ढुंगेल र अन्य ८१६ जना कैदीलाई माफी दिइएको छ ।

४० प्रतिशत कैद अवधि भुक्तान गरेको आधारमा गणन्त्र दिवसको अवसर पारेर उनीहरुको सजाय माफी दिइएको हो । कैद माफीसंगै उनीहरु जेलमुक्त भएका छन् ।

कैद माफी भएपछि ढुंगेललाई स्वागत गर्न बिहानै उनका समर्थकले डिल्लीबजार कारागार पुगेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचलित कामनुन बमोजिम असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका कैदीलाई माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषदको सिफिारिस बमोजिम एघारौं गणतन्त्र दिवसको उपलक्ष्यमा उनीहरुलाई संविधानको धारा २७६ बमोजिम माफी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जनाएका छन् ।

कानुन अनुसार ४० प्रतिशत कैद अवधी पूरा भएका र असल चालचलन भएका कैदीलाई बाँकी कैदको सजाय माफी दिन सकिने व्यवस्था छ । सोही प्रक्रिया पूरा गरेर गृहमन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो ।

अरु कैदी सरह वालकृष्ण ढुंगेलले पनि ४० प्रतिशत कैद अवधी भुक्तानी गरेका छन् । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुंगेलले द्वन्द्वकालमै ७ वर्ष जेल परेका थिए ।

प्रकाशित मिति: १५ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्