सुसाइट नोट लेखेर सशस्त्रका सहायक हवल्दारले गरे आत्महत्या, झुण्डिएको अवस्थामा फेला


 


अस्बीन खड्का
उदयपुर, जेठ १४

उदयपुरको बोक्से ब्यारेकमा एक सहायक हवल्दार नवराज अधिकारीले सुसाइट नोट लेखेर आत्महत्या गरेका छन् । सो गुल्ममा कार्यरत त्रियुगा नगरपालिका– ७ बस्ने ३५ वर्षीय अधिकारी ब्यारेकमा झुण्डिएको अवस्थामा फेलापरेका हुन्।

उनलाई आईतबर बिहान मृत अवस्थामा गुल्मको एक नम्बर ब्यारेक नजिक रहेको खाली डिउटी पोष्टमा झुण्डिएर अवस्थामा फेला परेको त्रियुगा गुल्ममा निमित्त प्रमुख प्रहरी निरीक्षक प्रेम कुमार राईले जानकारी दिए ।

अधिकारीले आत्महत्या गरेको ठाँउमा फेला परेको सुसाईट पत्रमा उनले ‘धेरै एपीएफ अर्थात सशस्त्र प्रहरीमा हल्ला नगर्नु होला, कृपया मलाई फेसबुकमा नलगाई दिनुहोला, सर्बप्रथम मेरा धर्मपत्निलाई सुरक्षित गरेर मात्र थाहा दिनुहोला, मेरो नाबालक छोराछारीलाई पाउने रकम सहयोग गरिदिनुहोला’ लेखेका छन् ।

उनले आफूलाई पत्रमा ‘उही पापी म’ भनेर उल्लेख गरेका छन् । उनको शरीरमा निलडाम समेत देखिएका छन् । प्रहरीले यसबारे अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्