सुन तस्करीमा संलग्न सबैलाई कारबाही हुन्छ : प्रधानमन्त्री


 


काठमाण्डौ,जेठ १३

प्रधानमन्त्री केपी शर्मा ओलीले ३३ किलो सुन तस्करीबारे छानबिन भइरहेको बताउँदै अरु रुटका तस्करीको पनि छानबिन भइरहेको बताउनु भएको छ ।

राष्ट्रपतिले संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको आज जवाफ दिँदै प्रधानमन्त्री ओलीले सुनसँगै तस्करीबाट आएका अन्य सामानको छानबिन पनि भइरहेको बताउनुभयो । सुन तस्करीमा संलग्न सबैलाई कारबाही हुने उहाँले बताउनुभयो । प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण र उन्मुलनको काम गर्ने पनि बताउनुभयो । कर नतिर्ने र अनुचित काम गर्नेलाई छुट नदिने प्रधानमन्त्रीको भनाई छ ।

 

प्रकाशित मिति: १३ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्