३ वर्षमै काठमाडौंमा रेल : प्रधानमन्त्री ओली


 


काठमाडौं, जेठ १३

प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा रेल सपनाको कुरा नभएको दाबी गर्नुभएको छ । आज संसदमा सांसदहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालमा पूर्वपश्चिममात्र हैन उत्तर दक्षिण रेल पनि चल्ने बताउँदै काठमाडौंमा त ३ वर्षमै रेल चल्ने दाबी गर्नुभयो ।

आफूले रेलको कुरा जहाजको कुरा गर्दा बाल्टीमा कागजका नाउ हालेर मजाक उडाएको स्मरण गराउँदै ओलीले आफ्नै देशको विकासको कुरा गर्दा मजाक उठाएको गुनासोसमेत गर्नुभयो ।

ओलीले अब ढुवानी जलमार्गबाट हुनेसमेत दाबी गर्नुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको भाषण स्मरण गराउँदै ओलीले नेपाल ल्यान्डलक्ड नभएर वाटरलिंक भएको बताउनुभयो ।

प्रकाशित मिति: १३ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्