यस्ता छन् नेेपालको नयाँ संविधान २०७२ का विशेषताहरु


 


काठमाडौं, भदाै ३१

संविधानसभाको अत्यधिक मतबाट बुधबार नयाँ संविधान पारित भएको छ । नेपाली जनताले आफ्ना निर्वाचित प्रतिनिधिमार्फत संविधान निर्माण गर्न ६५ वर्षदेखि पाल्दै आएको सपना अहिले पूरा भएको हो ।  ‘नेपालको संविधान’ असोज ३ बाट लागू हुनेछ ।

संविधानका विशेषताहरु यस्ता छन् :

–    संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था
–    सार्वभौम र राजकीय सत्ता जनतामा
–    सात प्रदेशको संघीय संरचना
–    संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना
–    संघीय र प्रदेश संसद्बाट निर्वाचित संवैधानिक राष्ट्रपति
–    सुधारिएको संसदीय शासन प्रणाली, संसद्बाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख
–    प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने
–    दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने
–    दुईतिहाइले संशोधन गर्न सकिने
–    मिश्रित निर्वाचन प्रणाली
–    केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभासहित दुई सदनात्मक संघीय संसद्
–    प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक ११० सहित २७५ सदस्य
–    केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद्
–    राष्ट्रियसभामा सात प्रदेशबाट निर्वाचित ५६ र राष्ट्रपतिबाट मनोनीत ३ सहित ५९ सदस्य
–    प्रदेशमा एक सदनात्मक संसद्
–    ७ प्रदेशमा कुल सांसद ५५०
–    प्रदेशमा प्रदेश संसदबाट निर्वाचित मुख्यमन्त्री, राष्ट्रपतिबाट नियुक्त प्रदेश प्रमुख
–    प्रदेशमा प्रदेश संसद्का कुल सांसदको २० प्रतिशतबाट नबढ्ने गरी मन्त्रिपरिषद्
–    प्रदेश संसद्मा संघीय संसद्मा जस्तै ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट सांसद चुनिने
–    ३७ भाग र ३ सय ८ धारा र ९ अनुसूचीको बृहत् संविधान
–    प्रदेशको सीमांकन संघीय आयोगले ट’ंग्याउने
–    प्रदेशको नामकरण प्रदेश संसदको द’ईतिहाइले गर्ने
–    प्रदेशसभाले आफ्नो राजधानी तय नगर्दासम्म केन्द्रीय सरकारले तोकेको स्थानबाट कार्य सञ्चालन ह’ने ।
–    संविधानमा नै केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र विभाजन
–  प्रदेशसभाको निर्वाचन र प्रदेश सरकार नबन्दासम्म उनीहरूको अधिकार पनि केन्द्रले प्रयोग गर्ने संक्रमणकालीन व्यवस्था ।
–     एकीकृत न्यायपालिका
–    केन्द्रमा सर्वोच्च अदालत
–    सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने
–    प्रदेशपिच्छे उच्च अदालत
–    साबिक जिल्लामा जिल्ला अदालत
–    आमा वा बाब’को नामबाट वंशजको नागरिकता
–    धर्मनिरपेक्ष राष्ट्र
– धर्मनिरपेक्षताको व्याख्या–धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चली आएको धर्म, संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झन’पर्छ
–    मधेसी, थारू, म’स्लिम, आदिवासी जनजातिका लागि छ’ट्टाछ’ट्टै आयोग
–     सबै मातृभाषा राष्ट्रभाषा, सरकारी कामकाजको भाषाको देवनागरिक लिपिमा नेपाली
–    राष्ट्रिय जनावर गाई, राष्ट्रिय झण्डा र राष्ट्रियगान यथावत्
–    जिल्ला प्रशासनिक इकाईका रूपमा रहने

–    जिल्लामा निर्वाचित जिल्ला सभा रहने
–    सरकार गठन गर्ने आयोगले एक वर्षभित्र स्थानीय निकायको प’न:संंरचना गर्ने
–    स्थानीय निकायमा अन्तरिम च’नाव गर्ने संक्रमणकालीन व्यवस्था
–    चार वर्षका लागि निर्वाचित संविधानसभाका सदस्यहरू बाँकी कार्यकालका लागि रूपान्तरित व्यवस्थापिका संसदको सदस्यका रूपमा रहने ।
–   ०७४ माघअगावै आमनिर्वाचन घोषणा भए उम्मेदवारी मनोनयनका दिनसम्म मात्र उनीहरूको कार्यकाल रहने ।
–    संविधान जारी भएको ७ दिनमा प्रधानमन्त्री, २० दिनमा सभाम’ख र एक महिनामा राष्ट्रपतिको निर्वाचन गर्ने संक्रमणकालीन व्यवस्था ।

प्रकाशित मिति: ३१ भाद्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्