धनगढी गोली काण्डः गोली हानेको आशंकामा दुई जना पक्राउ


 



धनगढी, जेठ १३

कैलालीको धनगढी उपहानगरपालिका–१ मेनरोडमा आईएमईका कर्मचारीलाई गोली हानेर रकम लुटेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

घटना घटेलगत्तै प्रहरी पछि गर्नेक्रममा दुई जनालाई अत्तरियाबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक विनोद घिमिरेले पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरीमा ल्याइएको बताए ।

आज करिब १० बजेतिर आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जानेक्रममा अज्ञात समूहले गोली हानेर आईएमई  सेन्टरका कर्मचारी धनगढी ३ का ३७ वर्षीय निर्मल कार्कीबाट ९ लाख रुपैयाँ लुटेको थियो ।

घाइते कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार उनको पाखुरामा गोली लागेको छ भने छातीमा पनि घाउ देखिएको छ ।

बा ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएका दुई जना व्यक्तिले पुरानो भन्सार रोडमा कार्कीलाई गोली प्रहार गरेर भागेका थिए ।

प्रकाशित मिति: १३ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्