कैलालीमा गोली हानेर नौ लाख रुपैयाँ लुटियो


 


कैलाली, जेठ १३

कैलालीको धनगढी उपहानगरपालिका–१ मेनरोडमा अज्ञात समूहले गोली हानेर ९ लाख रुपैयाँ लुटेको छ । आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा आज बिहान धनगढी–३ का ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार भएको हो । घाइते कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । गोली हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बा ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएका दुई जना व्यक्तिले पुरानो भन्सार रोडमा कार्कीलाई गोली प्रहार गरेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । गोली हान्ने समूहले उनको साथमा रहेको रकम लुटेर भागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्