नीति–कार्यक्रमाथि प्रधानमन्त्रीले आज सदनमा जवाफ दिने


 


काठमाडौँ, जेठ १३

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको बैठकमा सांसदले बोल्नेक्रम सकिएकाले प्रधानमन्त्रीले आज जवाफ दिनु हुने भएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि बुधबार, बिहीबार र शुक्रबार लगातार छलफल भएको थियो । सांसदले उठाएका प्रश्नबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनु हुने भएको हो । संघीय संसद्मा यही जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्नुभएको थियो ।

प्रतिनिधिसभाको बैठक आज बिहान बजे ११ बजे बस्नेछ ।

प्रकाशित मिति: १३ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्