गुड्दै गरेको एसी बसमा आगलागी (तस्तीरसहित)


 


धनगढी, जेठ १२
काठमाडौंबाट डडेल्धुराका लागि छुटेको एसी बसमा गुडिरहेको अवस्थामा आगलागी भएको छ । डडेल्धुराको उग्रतारा सार्वजनिक यातायातबाट शौचालय र चमेनागृहसहितकोे अत्याधुनिक सुविधाको बसमा आगलािग भएको हो।

बा ४ ख ८४९२ नम्बरको उग्रतारा यातायातको गाडीमा विहान करिब ६ बजे तिर कोहलपुरको बासगढी नजिक आगलागी भएको प्रहरीले जनाएको छ ।

अर्को गाडीलाई ओभरट्याक गर्ने क्रममा अगाडिको चक्काबाट आगलागी भएको जनाइएको छ । बस जलेर पुर्ण रुपमा नष्ट भएको छ । आगो लागेपछि सबै यात्रुलाई झारिएको थियो । यात्रुका सामानहरु भने जलेका छन् । दमकल समयमा नपुग्दा पनि गाडी पुरै जल्न पुगेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति: १२ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्