प्रहरी निरीक्षकको अन्तिम नतिजा सार्वजनिक, को–को भए उत्तीर्ण ? (सूचीसहित)


 


काठमाडौं, जेठ १२
नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक (जनपद) पदका लागि लिइएको परीक्षाबाट उत्तीर्ण भएका उम्मेदवारहरुको अन्तिम नतिजा सार्वजनिक गरिएको छ ।

खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयले गत वर्ष साउन ३१ गते दरखास्त आह्वान गरेको थियो । प्रतियोगिताबाट ९१ जना उत्तीर्ण भएका छन् । बाँकी ९ जनाको नाम बैकल्पिकमा निस्किएको छ ।

साथै अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका मुख्य उम्मेदवारहरुले सम्बन्धित प्रहरी कार्यालयबाट उपलब्ध गराईएको प्रवेश पत्र, नेपाली नागरिकताको प्रमाण–पत्र तथा आफूले प्राप्त गरेको शैक्षिक योग्यताको सक्कलै प्रमाण–पत्रहरु र प्रतिलिपिहरु लिएर जेठ २७ गते प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा, नक्सालमा सम्पर्क
राख्न अनुरोध गरिएको छ ।

अन्तिम नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् 

 

 

प्रकाशित मिति: १२ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्