ढुंगेललाई माफी दिनेबारे लिखित जवाफ माग
काठमाडौँ, जेठ ११
सर्वोच्च अदालतले ज्यान मुद्दामा सजाय भोगिरहेका पूर्वसांसद बालकृष्ण ढुंगेललाई आममाफी दिनुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिनुपर्ने कारणबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो । आदेशमा दुवै पक्षलाई यही जेठ १३ गते छलफलका लागि उपस्थित हुन भनिएको छ ।
सरकारले गणतन्त्र दिवसका अवसरमा ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिन गरेको निर्णय रोक्न माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । रासस
प्रकाशित मिति: ११ जेष्ठ २०७५, शुक्रबार