सुनचाँदीको मूल्य लगातार बढ्दै


 


काठमाडौं, जेठ ११
नेपाली बजारमा केही दिनदेखि सुनचाँदीको मूल्य बढ्दै गएको छ । आज पनि सुन तोलामा थप दुई सय रुपैयाँ बढ्दै प्रतितोला ५९ हजार दुई सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ८० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला सात ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्