गोरेको बयानले सुन काण्डमा संलग्न खुल्दै, तत्कालिन एमाले नेता पक्राउ


 


काठमाडौँ, जेठ ११
साढे ३३ किलो सुन तस्करी मुख्य नाइके पक्राउ परेसंगै यसमा संलग्नहरुको नाम खुल्नेक्रम जारी छ । जिल्ला अदालत मोरङमा गोरेको बयान लिने काम पनि जारी रहेकाले अझै सुन तस्करीमा संलग्न हुनेहरु खुल्नेछन् ।

गोरेकै बयानका आधारमा प्रहरीले तत्कालीन एमालेका एक स्थानीय नेता रेवत आचार्यलाई पक्राउ गरेको छ। मोरङ उर्लावारीका आचार्यलाई विहीबार पक्राउ गरेको हो । उनी सुन व्यवसायी पनि हुन्।

गोरेले अझै सबैको नाम नखुलाएका भएपनि यसमा तलदेखि माथिल्लो तहसम्मका नेता तथा कर्मचारीहरुको संलग्नता रहँदै आएको बताइरहेका छन् ।

 

प्रकाशित मिति: ११ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्