राजधानीमै भेटियो बर्डफ्लु !


 


काठमाडौं, जेठ ११
चितवनलगायतका ठाउँसंगै राजधानीमा पनि बर्डफ्लु देखापरेको छ । काठमाडौंको राजधानीको पश्चिम क्षेत्र धर्मस्थलीमा रहेको दुईवटा पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लु भेटिएको हो ।

बर्डफ्लु देखिएपछि राजधानीमा सर्तकता अफ्नाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । राजधानी बाहिरबाट काठमाडौ भित्रिने र राजधानीका वरिपरि पालिएका कुखुरा फर्मबाट कुखुरा नउठाउन पनि सरकारले निर्देशन दिएको छ ।

बर्डफ्लु नियन्त्रणका लागि कृषि मन्त्रालयले पोल्ट«ी र्फममा ¥यापिट रेस्पोन्स टिम बनाएर पठाउने तयारी गरेको छ । साथै बर्डफ्लुबाट सतर्क रहन सबैमा आग्रहसमेत गरिएको छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्