राजविराज विमानस्थल एक दशकपछि पुनः सञ्चालनमा


 


राजविराज, जेठ १०

पटक पटक उडान सञ्चालन तथा स्थगन हुँदै आएको राजविराज विमानस्थल एक दशकपछि आजदेखि पुनः सञ्चालनमा आएको छ ।विमानस्थलको स्तरोन्नति ९धावनमार्ग, ट्याक्सी–वे, तथा एप्रोन ‘पार्किङ’ कालोपत्रे० गरेपछि श्री एयरलाइन्सको ५० सिट यात्रु क्षमताको ‘नाइन ए एएमए’ कल साइन भएको विमानले औपचारिक उडान शुरु गरेको हो ।

विमानस्थलको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले विमानस्थलको नियमित रुपमा उडान सञ्चालनको सुनिश्चितता गरिने उल्लेख गर्नुभयो । पर्यटनमन्त्री अधिकारीको १०० दिने कार्ययोजनामा राजविराज र साँफेबगर विमानस्थल स्तरोन्नति गरी उडान शुरु गरिने उल्लेख छ ।

आफ्नो कार्ययोजना अवधिअघि नै काम सम्पन्न भई उडान शुरु भएकामा खुशी व्यक्त गर्दै मन्त्री अधिकारीले अन्य विमानस्थलको कामलाई पनि प्रभावकारी बनाइने बताउनुभयो । रासस

प्रकाशित मिति: १० जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्