सुन काण्डमा पूर्वआईजीपी अर्याल र सशस्त्रका श्रेष्ठ पनि तानिए, गोरेले दिए यस्तो बयान


 


विराटनगर, जेठ १०
साढे ३३ किलो सुन काण्डमा संलग्न भएको आरोपमा नेपाल प्रहरीका पूर्वआईजीपी प्रकाश अर्याल र सशस्त्रका पूर्व आइजीपी सिंहबहादुर श्रेष्ठ पनि मुछिएका छन् ।

सुन काण्डका मुख्य नाइके गोरे भनिने चुडामणि उप्रेतीले जिल्ला अदालत मोरङमा बयानका क्रममा उनीहरुको पनि संलग्नता रहेको खुलाएका हुन् ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको बन्द इजलासमा उनले नामै नलिएर तत्तकालिन प्रहरी प्रमुखको संलग्नता भन्दै यस्तो रहस्य खुलाएका हुन् । उनले अहिलेसम्म कुनै ठूला व्यक्तिहरुको नाम लिन सकेका छैनन् । स्रोतकाअनुसार उनले डरले नै नाम भन्न सकेको छैनन् ।

अहिले अहिलेसम्म सुन तस्करीमा आफू संलग्न भएको बताएपनि सनमको हत्या भने नगरेको दाबी गर्दै आएका छन् । उनको बयान अझै जारी छ । स्रोतका अनुसार गोरेले सुनमा नेपालका केही व्यवसायी र अधिकाशं भारतियकै लगानी रहेको बताउँदै आएका छन् ।

प्रकाशित मिति: १० जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्