काठमाडौंबाट धनगढी जाँदै गरेको बस नवलपुरमा दुर्घटना


 



नवलपुर, जेठ १०
काठमाडौंबाट धनगढी गइरहेको बस नवलपुरको दुम्कीवास नजिक बिहीबार बिहान दुर्घटना भएको छ । ना ६ ख ७४५६ नम्बरको कर्णाली यातायातको बस दुर्घटनामा परेर ३२ जना घाइते भएका छन् ।

घाइतेमध्ये ४ को अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ अन्यको अवस्था सामान्य छ।

घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भरहेको छ । बस ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १० जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्