ओली र प्रचण्डले संयुक्त सम्बोधन गर्दै


 


काठमाडौं, जेठ १०

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरुलाई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले आज अपरान्ह संयुक्त सम्बोधन गर्नु हुने भएको छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाका केन्द्रीय सदस्यहरुलाई अध्यक्षद्धयले पहिलो पटक सम्बोधन गर्न लाग्नु भएको हो । आज अपरान्ह ४ बजे बालुवाटारमा नागरिकताको सक्कल प्रतिसहित उपस्थित हुन सूचित गरिएको छ । यद्यपी यो केन्द्रीय कमिटीको बैठक भने होइन ।

केन्द्रीय कमिटीको बैठक भने पार्टी बिधान र नियमावली प्रकाशन भएपछि एजेण्डासहित बोलाइने नेताहरुले बताएका छन् । नेकपाका केन्द्रीय कमिटीका ४४१ सदस्यको नाम मंगलबार सार्वजनिक गरिएको थियो । निर्वाचन आयोगमा नागरिकताको सक्कल प्रति पेश गर्नु पर्ने भएकाले नागरिकता मागिएको हो ।

प्रकाशित मिति: १० जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्