वाह ! वाही पाएका गृहमन्त्री थापा चिप्लिए, बालकृष्ण ढुंगेललाई माफी दिँदै


 


काठमाडौं, जेठ १०
कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगिरहेका तत्कालिन माओबादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफारिस गरिएको छ ।

सर्वोच्च अदालतको आदेशविपरीत गणतन्त्र दिवसको अवसरमा कैद मिनाह गर्ने तयारी गरिएको हो । कारागार प्रशासन विभागले ढुंगेलको कैद मिनाहाका लागि गृहलार्इ सिफारिस गरेको छ ।

उनी अहिले डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका छन् । उनीसँगै आठ सय बढी कैदीको कैद मिनाहाको सफाारिस भएको छ । गृहमन्त्रालयले जिल्ला प्रशासनमार्फत कैद मिनाहाका लागि सिफारिस माग गरेको थियो ।

काठमाडाैं जिल्ला प्रशासन पठाएको सिफारिसका अाधारमा कारागार विभागले पनि कारागार नियावलीअनुसार मन्त्रालयमा सिफारिस गरेको हो । विभागका महानिर्देशक एवं सहसचिव हरिप्रसाद मैनालीले आठ सय बढी कैदीको कैद मिनाहाका लागि मन्त्रालयमा सिफारिस गरिएको जानकारी दिए ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७२ पुस २३ गते संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था भए पनि ढुंगेलको हकमा अब कुनै पनि सजाय मिनाहा गर्न नमिल्ने फैसला गरेको थियो ।

सिण्डिकेट, भ्रष्टाचारलगायत कानून विपरितका क्रियाकलापलाई निस्तेज पार्ने अभियानमा लागेर वाह ! वाही पाएका गृहमन्त्री रामबहादुर थापाले ढंगेललाई माफी दिने प्रक्रियामा लागेपछि उनको विरोध हुन सुरु भएको छ ।

प्रकाशित मिति: १० जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्